दरबार हत्या काण्डबारे प्रधानमन्त्रीले विचार नपुयाइ बोल्नुभयो: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आज जनकपुरमासमाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्नेकुरा प्रधानमन्त्रीले विचार नपु¥याई बोलेको प्रतिक्रिया दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने बताए ।  
तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोईरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै अध्यक्ष नेपालले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्ने कुरा गरेको भन्दै आपत्ति जनाए ।  दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुनसक्ने भन्दै उनीसँग बुझ्ने बताए । अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरे ।

प्रतिक्रिया