झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ

भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय ‘ईडी’ ले पक्राउ गरेको छरु। झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएपछि उनलाई गएराति नियन्त्रणमा लिइएको हो । मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छरु। राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नताको आरोप छरु। इडीले उनको निवासवाट ३६ लाख नगद र एउटा बीएमडब्लू कार नियन्त्रणमा लिएको छ । झारखण्ड मुक्ति मोर्चा पार्टीबाट सोरेन मुख्यमन्त्री भएका थिएरु। उनी आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छन ।राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले सो मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियोरु। पक्राउ पसछ सोरेनले राति नै राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन । ईडी केन्द्र सरकार मातहतको निकाय होरु। सो निकायले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्दै आएको छ । सोरेनको राजीनामा तथा उनको पक्राउ प्रकरणपछि झारखण्डमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छरु। सोरेनको पार्टी झारखण्ड मुक्ति मोर्चाले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छरु। कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेस गरेको छ ।
 

प्रतिक्रिया