आजदेखि काँग्रेसको वडा संवाद शुरु

नेपाली कांग्रेसले आजदेखि वडा संवाद शुरु गरेको छ । समुदायमा कांग्रेस अन्तर्गत पार्टीको निर्णयअनुसार आजदेखि सबै कांग्रेस नेताहरु वडा सम्वादमा जुटेका हुन । समुदायमा कांग्रेस अभियान अन्तर्गत नेताहरु, केन्द्रीय प्रतिनिधिहरु जिल्ला जिल्लामा गएका छन । हिमाली दश जिल्ला बाहेक ६७ जिल्लामा प्रतिनिधि खटिएका छन । जिल्लामा खटिएका प्रतिनिधिहरुले अभिमुखीकरणपछि वडा वडामा प्रतिनिधि खटाएका छन । कांग्रेसको कार्यतालिकाअनुसार शहीद दिवसको दिन १६ गते देशैभरका सबै वडाहरुमा पहिलो कार्यक्रम भएको छ । हिजो देशभरका वडाहरुमा कतै सरसफाइ, कतै रक्तदान, कतै वृक्षरोपण लगायतका अभियान भएको कांग्रेसले जनाएको छ । आगामी २६ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेस नेताहरूले जनताका कुरा सुन्ने नेताहरुले बताएका छन । कांग्रेस महामन्त्री गगन थापा भने केही दिनअघिवाट तराई मधेसका जिल्लामा संवाद यात्रामार्फत कार्यकर्ता भेटघाट कार्यक्रम थालेका छन ।। 
 

प्रतिक्रिया