इजरायली आक्रमणवाट गाजाका ५० प्रतिशत बढी घर तथा भवन ध्वस्त
इजरायली आक्रमणका कारण गाजाका ५० प्रतिशत भन्दा बढी घर तथा भवनहरु ध्वस्त भएका छन् । हमासले गरेको हमलाको बदला लिन सुरु गरेयता साढे तीन महिनाको अवधिमा गाजाका आधाभन्दा बढी भवनहरू ध्वस्त भएका हुन् । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार १ लाख ७५ हजार वटा भवनहरु न्ष्ट भएका छन् । डिसेम्बरको शुरुवातदेखि नै इजरायलले दक्षिणी र मध्य गाजामा बमबारी तीव्र भएको थियो । सबै भन्दा बढी खान युनिस शहरले इजरायलको सैन्य कारबाहीको सामना गरेको देखिन्छ ।युद्ध हुनु भन्दा अगाडिका पुराना तस्वीर र अहिलेको तस्वीरले गाजाको वास्तविकता क्षति पुष्टि गरेको छ । गाजा क्षेत्रका आवासीय क्षेत्रहरु ध्वस्त भएका छन् । पहिले व्यस्त हुने किनमेल सडकहरु अहिले भग्नावशेषमा परिणत भएका छन् । विश्वविद्यालयहरू ध्वस्त भएका छन् । खेतबारी हिलाम्ये भएका छन् । दक्षिणी सिमानामा रहेको पाल शहरका हजारौं मानिस घरबारविहीन भएर सडकमा आएका छन् । लगभग १७ लाख मानिसहरु गाजाको कुल जनसंख्याको ८० प्रतिशत मानिस विस्थापित भएका छन् ।।
प्रतिक्रिया