पोखरा १९ वडाध्यक्ष भन्छन्ः बाँदर नियन्त्रणका लागि ठूला रुख काट्नु प्राथमिक उपाचार

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको दाबी गरेका छन । अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेपछि विवादमा आएका छन । आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरुले यसरी टिकाटिप्पणी गरेको वडाध्यक्ष पाण्डेको भनाइ छ । 
बाइट 
पोखरा महानगरपालिकाका मेयर धनरान आचार्यले भने वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत नहुने प्रतिक्रिया दिएका छन । 
बाइट 
महानगर प्रमुख आचार्यले रुख काट्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको बताए । महानगरले वडालाई रुख काट्न रोक लगाउन पत्राचार समेत गरेको छ । सम्बन्धित वडाले अहिले रुख कटानी स्थगित गरिसकेको छ ।। 
 

प्रतिक्रिया