नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुखद्धारा उच्चस्तरीय भेटवार्ता

नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सले आज उच्चस्तरीय भेटवार्ता गरेका छन । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खडका, परराष्ट्रमन्त्री एनपी साउद र प्रधान सेनापति प्रभुराम शर्मासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन । भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको बताइएको छ । भेटमा प्रधानमन्त्री लगायतले गोर्खाहरूले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । प्रमुख स्याण्डर्सले नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्याएको योगदानको प्रशंषा गरेका छन । स्याण्डर्स माघ २० गतेसम्म नेपालमा रहने बताइएको छ । यसैबिच, बेलायतका विकास मन्त्री पनि फेरवरीको दोस्रो साता नेपाल भ्रमणमा आउन लागेका छन् । 

प्रतिक्रिया