शान्ति बाटिकामा मीटर ब्याज पीडितहरूको आन्दोलन जारी

सरकारसँग पाँच बुँदे सहमतिपछि काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गरेपनि मिटरब्याज पीडितको समस्या यथावत रहेको छ । सरकारले गरेको सहमति ब्यवहारमा लागु नभएको भन्दै मीटर ब्याज पीडितहरू काठमाडौं शान्ति बाटिकामा बसेर आन्दोलन गरिरहेका छन् । मिटर ब्याजमा लिएको ऋण पटकपटक गरेर बुझाउदा समेत अहिलेसम्म चुक्ता नभएको यहीँ ऋणको कारणले परिवारमा समेत फाटो आएको अब संघर्ष गर्नु भन्दा अर्को विकल्प नभएको मिटर ब्याज पीडितहरूले बताएका छन्  ।
हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरेर भूमिहिन भएको बताएका छन ्। आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरु खबदार, मिटर ब्याजलिनेलाई कारबाही गर्, लगायतका प्लेकार्ड प्रर्दशन गरेका छन् । 
 

प्रतिक्रिया