मानव अधिकार उल्लंघन गर्नेहरूको नामावली सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गर्नेहरूको नामावली सार्वजनिक गरेको छ । आयोगले मानव अधिकार उल्लंघन गर्ने ६० जनाको नाम सर्वजनिक गरेको हो । २०७९÷८० र चालु आर्थिक वर्षमा गरिएको कामकारबाहीको संक्षिप्त जानकारी गराउँदै मानव अधिकार उल्लंघन गर्नेहरूको नाम सार्वजनिक गरेको हो । आयोगलाई मानव अधिकार उल्लघंन गर्ने ६६ जनाको नाम प्राप्त भएको थियो  त्यसमध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकाले नाम नराखिएको आयोगको भनाइ छ । आयोगले नाम सार्वजनिक गर्दै आरोपीलाई कारबाही गर्न माग गरेको छ । आयोगले नेपाल प्रहरीतर्फ ३२ जना, सशस्त्र प्रहरी बलका एक जना, नेपाली सेनातर्फ ४ जना, राष्ट्रिय अनुसन्धानका एक जना, निजामती कर्मचारीतर्फ नासुदेखि सिडिओसम्म १२ जना, तत्कालिन नेकपा माओवादीतर्फ १० जनाको नाम सार्वजनिक गर्दै कारवाहीको माग गरेको हो । आयोगमा मानव अधिकारको उल्लंघन वा हनन् भएको भन्दै परेका उजुरीमा अनुसन्धान गरी ६६ जनाको नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ । पीडितलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन २८ करोड १३ लाख एक हजार १९७ रूपैयाँ सिफारिस गरी पठाएकोमा करिब ७ करोड बराबरको रकम निकासा भएको आयोगले जनाएको छ ।।

प्रतिक्रिया