पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गोप्य सूचना चुहावटमा दोषी ठहर

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोप्य कुरा चुहावट गर्ने मुद्दामा उनलाई जेल सजाय सुनाइएको हो । राजधानी इस्लामावादको विशेष अदालतले आज तथाकथित साइफर मुद्दामा सजायको घोषणा गरेको हो । खानले भने आफूलाई सन् २०२२ मा सत्ताबाट हटाउने षड्यन्त्र भएको बताउदै आएका छन । उनी अहिलेपनि भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका छन । उनले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको बताउदै आएका छन । गोप्य ऐन अन्तर्गतको सजाय आम चुनावको एक हप्ता अघि आएको  हो । 
 

प्रतिक्रिया