कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्ने

नेपाली कांग्रेसले सहिद दिवसको अवसर पारेर आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुवात गर्ने जनाएको हो । अभियानअन्तर्गत आज मुलुकभरका ६ हजार ७ सय ४३ सबै वडा तहमा कार्यक्रम गरिदैँछ । आगामी २६ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेस नेताहरूले जनताका कुरा सुन्ने नेताहरुले बताएका छन । अभियानमा औपचारिक कार्यक्रम भने नराखिएको नेताहरुको भनाइ छ । अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । कांग्रेस महामन्त्री गगन थापा भने केही दिनअघिवाट तराई मधेसका जिल्लामा संवाद यात्रामार्फत कार्यकर्ता भेटघाट कार्यक्रम थालेका छन ।। 
 

प्रतिक्रिया