शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले क्रियाशील रहौं: प्रधानमन्त्री

काठमाडौंसहित देशभर शहीद दिवस मनाइएको छ ।  आज काठमाडौंमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरिएको हो । शहीद दिवसको अन्तिम दिन आज काठमाडौं महानगरपालिका शहीद सप्ताह मुल समारोह समितिले शहीद सप्ताहको अन्तिम दिन प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम गरेको हो । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले सहिदप्रति श्रद्धाञ्जली प्रकट गरे  ।  
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताए । 
प्रधानमन्त्री दाहालले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए । काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखि एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन । 
उपप्रमुख डंगोलले शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएकोपनि बताइन । महानगरले माघ १० पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा तथा माला अर्पण तथा स्मृति सभा गरिएको हो ।
 

प्रतिक्रिया