मिटर ब्याज पीडितद्वारा पुन: न्यायका लागि  पैदलमार्च सुरु

मिटरब्याज पीडितले न्यायका लागि आजदेखि फेरि पैदलमार्च गर्दैछन् । सपटक पूर्वको झापा र पश्चिमको कञ्चनपुरदेखि एकसाथ पैदलमार्च लिएर उनीहरू काठमाडौं आउन लागेका हुन् । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले झापा र कञ्चनपुरबाट एक साथ पैदलमार्च प्रारम्भ गरेका हुन । संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाका अनुसार झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च सुरू गरेका हुन । ‘झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट एकसाथ पैदलमार्च सुरु गरेर दुवैतर्फको टोली चितवनमा भेट हुनेछ । चितवनबाट संयुक्त रुपमा काठमाण्डौ छिर्ने तयारी पीडितको छ । १५ दिनपछि काठमाडौं पुग्ने लक्ष्य पीडितको छ ।  समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाडौंको शान्तिवाटिका आउन लागेको पीडितले बताएका हुन । यसअघि मिटरब्याज पीडितले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ पुगेका थिए । उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो । आयोगले छानबिन पनि गरिसकेको छ । तर आयोगले करिब ५ हजार पीडितको फाइलमा मिलापत्र गराएकोबाहेक अझै करिब २२ हजार पीडितहरूले न्याय पाउने निश्चित छैन । आयोगले बुझाएको प्रतिवेदन सरकारी दराजमा थन्किएको छ ।।

प्रतिक्रिया