गोकर्णेश्वर नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौता सम्पन्न
चाबहिलको चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज र गोकर्णेश्वर नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा जेहेन्दार, बिपन्न तथा लक्षित बर्गका अधिकतम पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहुलियतमा प्रदान गरी+2को मनास्लु वर्ल्ड कलेजमा अध्ययनको अवसर प्रदान गरीने छ, ५ जनाको कोटा पुगे पछि नगरपालिकाको सिफारिसमा अरु विद्यार्थीहरूलाई २०% छुट प्रदान गरीने,मनास्लु वर्ल्ड कलेज र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा यस नगरपालिकाको बिद्यार्थीलाई लक्षित पारी शैक्षिक परामर्श कार्यक्रम गरीने लगायतका बिषयमा द्वीपक्षीय सम्झौता भएको हो।
गोकर्णेश्वर नगरपालिका भित्रको शैक्षिक बिकासका क्षेत्रमा मनास्लु वर्ल्ड कलेजको सहभागीता रहने, नगरपालिका भित्र संचालन हुने शैक्षिक बिकासका कार्यक्रमहरुमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण गर्ने, नगरपालिकामा संचालित विधालयमा शैक्षिक गुणस्तर अभिबृद्धि र अनुकुल शिक्षण सिकाई वातावरण निर्माणका लागि शिक्षक तालिम र बिद्यार्थी परामर्श जस्ता कार्यक्रम संचालन गर्न सहजीकरण र सहयोग गर्ने लगायतका बिषयमा द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
गोकर्णेश्वर नगरपालिकाको तर्फबाट नगर प्रमुख दिपक कुमार रिसाल, र मनास्लु वर्ल्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामा र कलेजका प्रिन्सिपल राजन श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। द्वीपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया