नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले नेपाललाई उच्चशिक्षाको हब बनाउने सरकारको आकांक्षा मात्र नभएर महत्वपूर्ण सम्भावनाको क्षेत्र भएको बताएका हुन । प्रधानमन्त्री दाहालले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको बताए । 
प्रधानमन्त्री दाहालले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । कोरोना महामारी लगायत देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया