वीर अस्पताललाई चिकित्सा विज्ञान प्रतिष्ठान अन्तर्गत नराख्न सांसदहरुको सुझाव

प्रतिस्ठान भने अस्पताललाई छुट्टाउन नहुने पक्षमा

सांसदहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गत वीर अस्पताल हुनु नहुने बताएका छन । कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले ‘न्याम्स’ अन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रिय अस्पताल कुन हो ? भन्दै प्रश्न गरेका हुन । उनले न्याम्स प्रतिष्ठान मात्रै भएकाले आफ्नो विश्वविद्यालय बनाउन नसके सो समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने बताए ।  
नेपाली काँग्रेसका सांसद जीवन परियारले लामो समयसम्म पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाई शुरु गर्न सकिरहेको छैन ? भन्द प्रश्न गरे । 
छलफलमा न्याम्सका उपकुलपति भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताए । २०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आंगिक अस्पताल बनाइएको बताउँदै अहिले संसदमा पेश भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनमा संशोधन गरिएकोप्रति आफूहरुको असहमति रहेको उनले बताए । संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने उपकुलपतिको भनाइ छ । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर छुट्टिँदा नेपालमा एमडीएमएसको सबैभन्दा धेरै विज्ञ निकाल्ने संस्थालाई नै असर पर्ने बताए । 
 

प्रतिक्रिया