विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँः शशांक कोईराला

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आईतवार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताएका हुन् । उनले चीनको आर्थिक विकास प्रशंसायोग्य रहेको पनि बताए । 
नेता कोईरालाले चीनसँग जोडिएका परियोजनालाई सरकारले प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने आवश्यकता पनि औल्याए ।
 

प्रतिक्रिया