बिआरआई अन्तर्गतका परियोजनाहरु कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्छ: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा महासचिव पोखरेलले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचानको विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले विकासको चरणमा रहेको नेपालले बीआरआईबाट प्रशस्त लाभ लिनसक्ने सम्भावना रहेको पनि स्पष्ट पारे । 
महासचिव पोखरेलले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि चीनलाई आग्रह गरे । उनले दुई देशबीचको सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षिय सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने पनि बताए । चिनियाँ प्रतिवद्धताका कार्यक्रमहरु छिटो कार्यान्वयन भएको आफूहरुले हेर्न चाहेको उनको भनाइ छ ।

प्रतिक्रिया