स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन । आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति दाहालले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पु¥याउनुपर्नेमा जोड दिएका हुन । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको भन्दै प्रशंषा समेत गरे । 
प्रधानमन्त्री दाहालले प्रतिष्ठानले आम जनसमुदायलाई पु¥याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरे । स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । 
 

प्रतिक्रिया