केही दिन चिसो र शीतलहर उच्च हुने,सतर्क रहन मौसमविदको सुझाव
तराई मधेसमा शीतलहरले जनजीवन कष्टकर
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केही दिन चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छरु। अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको हो । चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छरु। आज यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम दुईं दशमलब दुई डिग्री मापन भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने मौसमविदको भाइ छ । गत वर्षको तुलनामा यो वर्ष न्यूनतम तापक्रम पुग्न २० दिन ढिलो भएको छरु। गत वर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रेकर्ड भएको थियोरु। यो विश्लेषणले पनि गत वर्षभन्दा यस वर्षको जाडो २० दिन पछाडि धकेलिएको मौसमविदको भनाइ छ । फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यस वर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छरु। उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेको छ, जसको प्रभाव तराईमा उच्च शीतलहर बनेर ओइरिएको छरु। वायुमण्डलको पारदर्शितामा न्यूनता आउँदा हवाई उडान प्रभावित भएको छरु। लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा शून्य पारदर्शिता रेकर्ड भएको होरु। शीतलहर सिमसिमे वर्षा भए जस्तैको अवस्थामा रहेकाले ठिहि¥याउने चिसोको मारमा तराईका बासिन्दा परेका छन । लगातारको हुस्सु र कुहिरोले तराईको जनजीवन कष्टकर बनेको छ ।
प्रतिक्रिया