प्यालेस्टिनी शरणार्थीको राहत कोष नरोक्न राष्ट्रसंघको आग्रह

प्यालेस्टिनी शरणार्थीका लागि दिइने राहत कोष नरोक्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय सहयाता एजेन्सीका प्रमुख फिलिप लाजारिनीले कोष रोक्ने घोषणा गरेका मुलुकलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन । उनले २० लाख भन्दा बढी मानिस अझै राहतका लागि ब्यग्र पर्खाइमा रहेको उल्लेख गरेका छन् । बेलायतलगायत विभिन्न ९ वटा देशले आर्थिक सहयोग रोकेका छन् । उनीहरूले राष्ट्रसंघकै केहि कर्मचारी हमाससँग मिलेको आरोप लगाउदै आर्थिक सहयोग रोकेका हुन । आरोपित कर्मचारीलाई राष्ट्रसंघले बर्खास्त गरेको छ । अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्विजरल्याण्ड, बेलायत र अमेरिकाले आर्थिक सहयोग रोकेका हुन् ।इजरायलले सो संस्थाका कर्मचारी ७ अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणमा सहभागी भएको आरोप लगाउँदै आएको छ । 
 

प्रतिक्रिया