आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो बढ्यो!

काठमाडौं । आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ५डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो र अस्ति काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिमाली भेगको तापक्रम शूून्यबाट पनि तल झरेको छ भने तराई मधेशमा पनि तापक्रम एक÷दुुई डिग्रीसम्म पुुग्ने गरेको छ । जुम्लाको माइनस ५ दशमलव २, मुुस्ताङ जोमसोमको माइनस ५ दशमवल ५ र दोलखा जिरीको माइनस १ डिग्री सेल्सियस छ । यस्तै डडेलधुराको २ दशमलव १, दिपायलको १ दशमलव ९, विरेन्द्रनगरको २ दशमलव ६ र ताप्लेजुङको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । आज पनि देशका धेरै ठाउँमा बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको तथा अन्य पहाडी भूभागमा भने मौसम सफा नै रहेको छ । हिमाली तथा उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईमा भने बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया