अहिलेसम्म टकरावको राजनीति गरेको छैनः रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचन गर्दै उपप्रधानमन्त्री खड्काले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको दाबी गरेका हुन् । उनले नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी नरहेको पनि स्पष्ट पारे । उपप्रधानमन्त्री खड्काले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष हुने पनि बताए । 
उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शिर्ष नेताहरुको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी पनि गरे ।
 

प्रतिक्रिया