नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्छ: मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् । शनिवार निगमको सिनामंगलस्थित प्रधान कार्यालय भवनको शिलान्यास गर्दै मन्त्री किरातीले निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताएका हुन् । उनले सबैले इमान्दार भएर काम गरे एक वर्षमै निगमको मुहार फेरिने दाबी समेत गरे । मन्त्री किराँतीले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाएको जिकिर समेत गरे । उनले आजबाट निगमको गाडीमा गेयर चेन्ज भएकाले स्पिडमा काम अघि बढ्ने बताए । कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको प्रगतिका लागि प्रयास भैरहेकोले नयाँ बन्ने भवनले संस्थाको विकासमा सहयोग पुग्ने बताए । 
नेपाल वायुसेवा निगमको सिनामंगलस्थित आफ्नै जग्गामा कार्यालयको शिलान्यास भएको हो ।

प्रतिक्रिया