प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीकी उपमन्त्री हायानबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उपमन्त्री हायानसहितको प्रतिनिधिमण्डल माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएको हो । नेपालमा रहँदा प्रतिनिधिमण्डलले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने समेत बताइएको छ । हेयान बंगलादेश हुँदै नेपाल आएकी हुन ।

प्रतिक्रिया