चिनियाँ उपमन्त्री सुन काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ ।माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् ।

उनलाई विमानस्थलमा चिनियाँ राजदुतले स्वागत गरे । त्यसक्रममा माओवादी नेतृ पम्फा भुषाल र गणेश साह पनि उपस्थित थिए । 

 उनी चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ । सो क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेतालाई भेटघाट गर्नुको साथै माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुनेछन ।

प्रतिक्रिया