कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छः कृषिमन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन । आज काठमडाौंमा तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताएका हुन । मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने र त्यसका लागि यान्त्रीकरण गर्नुपर्ने उल्लेख गरे । 
कृषि मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानहरु ठगिने कुरालाई रोक्न जरुरी रहेको बताए ।  व्यवसायीहरुको अस्वस्थ प्रतिष्पर्धाका कारण किसानहरु ठगिने गरेको उनको भनाइ थियो । 
शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आईतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । 
 

प्रतिक्रिया