रास्वपाले माघे २१ बाट आयोजना केन्द्रित दबाब यात्रा थाल्ने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले २१ माघबाट आयोजना केन्द्रित दबाब यात्रा थाल्ने भएको छ । पार्टीले २१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१ को संयोजन सहित पदयात्रा गर्ने तयारी गरेको हो । २२ माघबाट संसद बैठक सुरु हुने भएकाले २१ गते एउटा मात्रै आयोजनाका लागि दबाव यात्रा थाल्ने तयारी रास्वपाको छ । केन्द्रीय समिति बैठकले २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेकोमा तिमध्ये सातै प्रदेशमा गरेर २१ आयोजना छिटो अघि बढाउन पार्टीले दवाव दिने भएको हो । बागमतीका चार, कर्णालीका दुई  र अन्य प्रदेशका तीन तीन आयोजनामा दवाव दिने तयारी रास्वपाले गरेको छ । यसअघि पार्टी सभापति रवि लामिछानेले चितवनदेखि बुटवलसम्म दवाव यात्रा गरेका थिए । 

प्रतिक्रिया