चिनियाँ कम्युनिष्ट पार्टीकी उपमन्त्री सुन आज नेपाल आउदै

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल भ्रमणमा आउन लागेको हो । चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने समेत बताइएको छ । टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी थिइन ।

प्रतिक्रिया