विद्युत महशुल विवाद निरुपण आयोगले काम थाल्यो, दश दिनभित्र प्रमाण पेश गर्न आह्वान
डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युतको महशुल विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगले सरोकारवालालाई आफ्नो पक्षको प्रमाण पेश गर्न १० दिनको समय दिएको छ । आयोगले आज सूचना निकालेर नेपाल विद्युत् प्राधिकरण र विद्युत् प्रयोग गर्ने उद्योगी–व्यवसायीलाई आफ्ना विषय राखी प्रमाणसहितको निवेदन माघ २१ गतेभित्र पेश गर्न भनेको हो । डेडिकेटेड फिडर एवं ट्रंकलाइनबाट विद्युत् उपभोग गरेबापतको महशुल नतिरेको भन्दै दुई दर्जन उद्योगको विद्युत् काटिएपछि उद्योगी आन्दोलित भएका थिए । यससँगै सरकारले यसबारे अध्ययन गर्न भन्दै जाँचबुझ आयोग गठन गरेको थियो । यससँगै उद्योगहरूको लाइन जोडिएको थियो ।
प्रतिक्रिया