राष्ट्रिय सभा सदस्य निर्वाचन: सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन्। ‘महिला’ क्लस्टरतर्फ माओवादी केन्द्रकी रेणु चन्द, अपाङ्गतामा नेपाली काँग्रेसका नारायणदत्त भट्ट र ‘अन्य’ क्लस्टरमा कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन्।

‘महिला’तर्फ माओवादी केन्द्रकी चन्द चार हजार ४५३ मतभार पाएर विजयी प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रीदेवी घिमिरेले एक हजार ५७१ मतभार पाइन्। 

अपाङ्गता क्लस्टरबाट निर्वाचित नेपाली कांग्रेसका भट्टले चार हजार ४१९ मतभार पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रामचन्द्र जोशीले एक हजार ५१७ मतभार पाएका छन्।

यसैगरी, ‘अन्य’ समूहबाट निर्वाचित कांग्रेसका बोहराले चार हजार ३२८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका इश्वरप्रसाद खरेलले एक हजार ६९६ मतभार पाएका छन्।

प्रतिक्रिया