राष्ट्रिय सभा सदस्य निर्वाचन: वाग्मतीमा सत्ता गठबन्धनका चार उम्मेदवार निर्वाचित

राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी,  अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् । 

पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेका थिए

बस्नेतले एमालेका त्रीलोचन निर्मल पौडेललाई पराजित गरेका हुन् भने अधिकारीले एमालेकै विवेक देवकोटाविरुद्ध जित निकालेका हुन्।
कांग्रेसका बस्नेतले स्थानीय तहतर्फ १६८ र प्रदेश सभातर्फका ६३ जनाको गरी ६ हजार ५ सय ३१ मतभार पाएका छन्। ‘अन्य’तर्फ विपक्षी एमालेका त्रीलोचन निर्मल पौडेलले २ हजार ३ सय ५९ मतभार पाए। उनलाई स्थानीय तहतर्फ ६० जना र प्रदेशतर्फ २३ जनाले मतदान गरेका थिए।

रिजाल दोलाखा भिमेश्वर नगरपालिका चरिकोटका नेकपा समाजवादीको तर्फबाट निर्वाचित भएका हुन् । रिजालले ६ हजार ५ सय १२ मतभार प्राप्त गरेका हुन् । दलित मुक्ति संगठन नेपालका महासचिव विश्वकर्मालाई दलित कलस्टर मार्फत एकिकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । विश्वकर्मा नेपाल सुनचाँदी कला व्यवसायी संघको समेत सदस्य हुन् । 

यसैगरी, अपांगता–अल्पसंख्यक क्लस्टरबाट निर्वाचित अधिकारीले ६ हजार ४ सय ३६ मतभार पाउँदा विपक्षी एमालेका विवेक देवकोटाले २ हजार ७ सय ३४ मतभार पाएका छन्। अधिकारीलाई स्थानीय तहतर्फ १६३ र प्रदेशसभातर्फ ६२ जनाले तथा एमालेका देवकोटालाई स्थानीय तहतर्फ ६३ जना र प्रदेशतर्फ २९ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया