राष्ट्रिय सभा निर्वाचन: कोशीमा रुक्मिणी कोइराला विजयी, अन्य स्थानमा गठबन्धनलाई सफलता

संघीय संसदको राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचनमा अधिकांश स्थानमा सत्ता गठबन्धनलाई सफलता मिलेको छ । कोशी प्रदेशका दुईमध्ये एक सदस्यमा भने एमालेकी उम्मेदवार विजयी भएकी छन् । माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी हुन् । उनले ५ हजार ८६ मतभार प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार पाएकी छिन् । कोशी प्रदेशबाटै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौला निर्वाचित भएका छन् । उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाले कुल ५ हजार २ सय ९२ मतभार प्राप्त गर्दा पौडेलले ४ हजार ५ सय ६२ मतभार प्राप्त गरे । 
त्यसैगरी, मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपा नेपालकी पूजा चौधरी विजयी भएका छन् । त्यस्तै, गण्डकी प्रदेशबाट माओवादी केन्द्रकी मनरुपा शर्मा, लुम्बिनी प्रद्येशबाट माओवादीका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णु सापकोटा निर्वाचित भएका छन् ।  लुम्बिनी प्रदेशबाट पनि सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन् । कर्णालीमा पनि सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका हुन् । 

प्रतिक्रिया