संविधान पालनामा निरन्तर निगरानी गर्न पूर्वन्यायाधीशहरुलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । आज बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा उनले अहिले केही व्यक्ति सामाजिक सद्भाव र एकता खलबल्याउन तथा राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको गुनासो गरेका हुन । प्रधानमन्त्री दाहालले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा पूर्वन्यायाधीशहरूले आवाज उठाएको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तर निगरानी गरिरहनुपर्ने आवश्यकता औल्याए । राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने उनको भनाइ थियो । छलफलमा पूर्वन्यायाधीशहरूले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउनका लागि भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् । 
 

प्रतिक्रिया