केही नेतालाई चुनावमा हराएपछि मात्र देश बन्छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ सभापति रवि लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले देश हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै देश बन्ने तर्क गरेका हुन । सभापति लामिछानेले त्यस्तो अवस्था  २०८४ को चुनावपछि हुने दाबी समेत गरेका छन । उनले ठूला दलहरूले मुलुक बिगारेको आरोप लगाएका छन् । राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न शुरु हुने उनको दाबी छ । सरकारीको बचत हिनामिनाको आरोप खेपिरहेका उनले घुमाउरो पारामा मिडियाले आफूलाई फसाउन लागेको जिकिर गरेका छन् । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका रविले शेयर छोड्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको कागजात विवादमा परेको थियो  । त्यसमा मिडियाले आफूलाई फसाउन लागेको आरोप उनको छ ।  मिडिया र सोसल मिडिया आफुलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भैरहेको लामिछानेको टिप्पणी छ । 

प्रतिक्रिया