उत्तर कोरियाद्वारा नयाँ पुस्ताको क्रुज क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार जारी राख्दै नयाँ पुस्ताको क्रुज क्षेप्यात्रको पहिलो परीक्षण गरेको बताएको छ । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी ‘केसीएनए’ले आज पुलहवासल–३–३१ क्षेप्यास्त्र अझै विकासको चरणमा रहेको जानकारी दिएको हो । क्षेप्यास्त्रलाई रणनीतिकको रूपमा वर्णन गर्दै प्योङयाङले आणविक हतियारहरू सशस्त्र बनाउने संकेत गरेको हो । परीक्षणले छिमेकी देशहरूको सुरक्षामा कुनै असर नगरेको र क्षेत्रीय सुरक्षा अवस्थामा यसको सरोकार नभएको उत्तरको दाबी छ । केसीएनएले कतिवटा क्षेप्यास्त्र प्रहार गरेको हो भने खुलाएको छैन । दक्षिण कोरियाले भने उत्तर कोरियाले पश्चिमी तटबाट धेरै क्रुज क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको जनाएको छ । जनवरी १९ मा आणविक सक्षम अन्डरवाटर आक्रमण ड्रोनको परीक्षण र प्योङयाङको पहिलो ठोस इन्धन मध्यवर्ती रेंज ब्यालिस्टिक क्षेप्यास्त्रको पाँच दिन अघि परीक्षण फायरिङ पछि यो परिक्षण गरिएको हो । बिहीबारको प्रक्षेपणलाई अवस्थित क्षेप्यास्त्रहरूको क्षमतामा अभिबृद्धिको परीक्षण मानिएको छ । उत्तरले सेप्टेम्बर २०२१ मा पहिलो रणनीतिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो ।। 
 

प्रतिक्रिया