राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि मतदान जारी

आगामी फागुन २० बाट रिक्त हुन लागेको राष्ट्रिय सभाका २० मध्ये १९ सदस्य चयनका लागि आज सातै प्रदेशमा मतदान भैरहेको छरु। सातवटै मुकामका मतदान केन्द्रबाट अहिले नौ बजेदेखि सुरु मतदान अपराह्न तीन बजेसम्म चल्नेछरु। ७ वटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि मत हाल्ने केन्द्र व्यवस्था गरिएको छ । मतदान सकिएको तीन चार घण्टाभित्रै परिणाम घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।  आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, वाग्मतीका लागि भुटनदेवी मावि र प्राविधिक शिक्षालय, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकेको छरु।राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशका सांसद, नगरपालिका र गाउँपालिकाका प्रमुख÷उपप्रमुख मतदाता हुन्छन्रु। जनसंख्याका आधारमा उनीहरूको मतभार तोकिन्छरु। पछिल्लो जनगणनाको तथ्यांकअनुसार आयोगले प्रदेशसभा सदस्यको ५३ र पालिकाका प्रमुख उपप्रमुखको १९ मतभार तोकिएको छरु। माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन । निर्वाचनमा भाग लिन १२ राजनीतिक पार्टीले आयोगमा दल दर्ता गरे पनि चुनावी मैदानमा ८ दलका ५१ उम्मेदवार छनरु। सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन । सत्ता गठबन्धनसँग कसिलो प्रतिस्पर्धा रहेको कोशीमा प्रमुख प्रतिपक्ष एमालेले राप्रपासँग गठबन्धन गरेको छरु। सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले आफ्नो दललाई गठबन्धनले उपेक्षा गरेको भन्दै मधेश प्रदेशमा उम्मेदवारी दिएको छरु। वाग्मतीमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छरु। निर्वाचन हुने १९ जनामा वाग्मतीमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३÷३ तथा कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २÷२ सिटका लागि चुनाव हुँदै छरु। रिक्त पद जुन समूह र प्रक्रियाबाट निर्वाचित भएको हो, सोही समूह र प्रक्रियाबाट सदस्य निर्वाचित भएर आउनेछन ।।

प्रतिक्रिया