युक्रेनले युद्धबन्दी बोकेको सैन्य विमान खसालेको रुसको आरोप

आक्रमणलाई दियो ‘आतंकवादी कार्य’को संज्ञा

रुसले युक्रेनमाथि युद्धबन्दी बोकेको सैन्य विमान खसालेको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयलेरुसको आक्रमणमा समातिएका ६५ युक्रेनी सैनिक, छ चालक दल र तीन एस्कर्टलाई लैजाँदै गर्दा युक्रेनले आक्रमण गरेको जनाएको हो । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले यातायात विमानमा दुई क्षेप्यास्त्र प्रहार भएको उसको भनाइ छ । बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमतिको केही घण्टाअघि विमान दुर्घटना भएको हो । यसबारे किभको कुनै प्रतिक्रिया आएको छैन । स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो ।  पछि उक्त दाबी फिर्ता लिइएको थियो । युद्धबन्दीहरूसँग सम्बन्धित मुद्दाहरूका लागि जिम्मेवार एक युक्रेनी सरकारी निकायले दाबीहरूको अनुसन्धान गरिरहेको जनाएको छ ।। 

प्रतिक्रिया