नेविसंघले अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने
नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स—२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा हुने जानकारी दिएको हो । नेविसंघका सभापति दुजाङ शेर्पाका अनुसार प्रतियोगितामा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्ने छन ।
प्रतियोगिताले युवा पुस्तामा क्रिएटिभ हुन सहयोग पुग्ने नेबिसंघको भनाइ छ । नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । प्रतियोगितामा प्रथम हुने समूहलाई ३.५ लाख, दोस्रो हुनेले १ लाख ५० हजार , अन्य श्रेणीमा विजयी हुनेले १ लाख प्राप्त गर्नेछन् ।
प्रतिक्रिया