अयोध्यामा भीडमा च्यापिएर एक सयजना भन्दा धेरै घाईते
भारतको अयोध्यामा राममन्दिरमा रामको दर्शन गर्ने क्रममा भीडमा च्यापिएर एक सय भन्दा बढी घाइते भएका छन् । मंगलबार पहिलो दिन लाखौं भक्तजनहरु रामको दर्शन र पूजाका लागि पुग्दा भीडमा च्यापिएर केही घाइते भएका हुन् । भारतको अयोध्यामा निर्मित राममन्दिरमा सोमबार भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा गरिएको थियो । बिहानको पूजाका लागि सर्वसाधारण रातभर लाइनमा बसेकाहरुको भीड नियन्त्रण गर्न हजारौं प्रहरी परिचालन गरिएको छ । सुरक्षा घेरा तोडेर मन्दिर प्रवेश गरेपछि भीड थेग्न नसकेर केही बेर दर्शनमा समेत रोक लगाउनु परेको थियो । रामको मूर्तिको प्राणप्रतिष्ठा गरेपछि राममन्दिरको सबै द्वार खुला भएसँगै लाखौं भक्तजनहरुको भीड लागेको प्रहरीले जनाएको छ । रामको मूर्तिको प्राणप्रतिष्ठापछि पहिलो दिन ३ लाख भक्तजनले रामको दर्शन गरेको अनुमान छ । लाखौं दर्शनको प्रतीक्षामा रहेको बताइएको छ । भीड नियन्त्रणका लागि अयोध्यामा बस र रेलवे सेवा समेत बन्द गरिएका छन् ।
प्रतिक्रिया