संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गतेदेखि शुरु हुने

सदनको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । त्यस्तै सरकारले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको करिव ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृतका लागि जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषदले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खालि थियो । राष्ट्रिय खेलकुद विकास नियमावली बमोजिम भण्डारीलाई मनोनयन गर्ने सरकारले गरेको हो ।
 

प्रतिक्रिया