गाजामा इजरायली सेनामाथि रकेट आक्रमण, २४ सैनिकको मृत्यु

प्यालेस्टाइनको गाजा क्षेत्रमा आज एकै दिन २४ जना इजरायली सैनिकको मृत्यु भएको छ । करिब ३ महिनादेखि जारी आक्रमणका क्रममा आज इजरायली सेनाले ठूलो क्षति व्यहोरेको हो । हमासविरुद्ध अभियानमा  आजको सबैभन्दा भीषण सावित भएको इजरायली सेनाले जनाएको छ । इजरायल डिफेन्स फोर्सेज आईडीएफका प्रवक्ता ड्यानियल हजारीका अनुसार गाजा क्षेत्रस्थित एक भवनमा सैनिक बसिरहेका बेला रकेट आक्रमण भएको बताएका छन । रकेट आक्रमणपछि इजरायली सुरक्षा बलले भवनलाई उडाउने उद्धेश्यसहित राखिएको विस्फोटक पदार्थ समेत विस्फोट हुँदा सैनिकतर्फ ठूलो क्षति भएको हो । आईडीएफले घटनाको जाँच अनुसन्धान चलिरहेको जनाएको छ । इजरायलले गत ७ अक्टोबरमा भएको हमलापछि हमासविरुद्ध युद्धमा छ । इजरायलले हमासलाई समाप्त नपारुन्जेल अभियान जारी रहने जनाएको छ । ७ अक्टोबरमा हमासको हमलाबाट १३ सय मानिस मारिएका थिए । त्यसपछि इजरायलले थालेको हमलाका कारण अहिलेसम्म गाजा क्षेत्रमा २५ हजार मानिस मारिइसकेका छन् भने साठी हजार भन्दा बढी घाइते छन । 
 

प्रतिक्रिया