संयुक्त नागरिक पार्टीको अध्यक्षमा दलमर्दन कामी

संयुक्त नागरिक पार्टीको प्रथम भेलाले दलमर्दन कामीको अध्यक्षतामा पार्टी कमिटी गठन गरेको छ । थापाथलीमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर कार्की,वरिष्ठ नेता कमला हेमचुरी,उपाध्यक्षहरुमा इन्द्रबहादुर राई,देविलाल प्रसाई,अष्टकुमारी लमिनी,कलिराम पुर्जा,होमबहादुर पुन,बलराम वि.क.,महासचिवमा विदुर अधिकारी,उपमहासचिवमा नरेश विश्वकर्मा,सचिवहरुमा साईमन तामाङ,डिल्लीबहादुर तामाङ ,सचिवालय सदस्यमा गणेशप्रसाद विश्वकर्मा,सरु बागदास लगायतलाई चयन गरेको छ ।  
भेलाले कार्यक्रम आयोजनाको व्यवस्थापन उपमहासचिव नरेन्द्र विश्वकर्माको संयोजकत्वमा समिति गठन गरिएको सचिवालय सदस्य गणेश लकान्द्रीले जानकारी दिए ।  

प्रतिक्रिया