न्यूरोड क्षेत्रमा गरिएको पार्किङ निषेधको व्यवसायीद्वारा विरोध

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । यसअघि न्युरोड क्षेत्रमा सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन् । महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले समस्यामा परेको व्यवसायीको भनाइ छ । 
व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम महानगरले गरेको भन्दै व्यवसायी आक्रोशित छन । सर्वसाधारणले भने खुसी प्रकट गरेका छन 
मंगलवार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ । महानगरपालिकाले न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि महानगर २२,२३ र २४ वडाका व्यवसायीले सटर बन्द गरेर प्रदर्शनमा उत्र्रेका हुन । महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेकोे छ । 
 

प्रतिक्रिया