मेलम्चीको बाढीवाट प्रति घर ७० लाख बराबर क्षति, ८५ प्रतिशत घरधुरी समस्यामा

मेलम्चीमा गएको बाढी र पहिरोले करिव एक घरधुरी बराबर सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच तथ्यांक सार्वजनिक गरिएको हो । अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो । प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा मानसिक लगायत समस्यापनि देखिएको छ । 
मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिव ६५ अर्ब बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसैको आधारमा आफूहरुले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण संकलन गरिएको हो । 
मेलम्ची नगरपालिकाले भने बाढी आएलगत्तै आफूहरुले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तिब्रता दिएको जनाएको छ । २४४ वटा घर पुनर्निर्माणको काम भैरहेको नगरपालिको भनाइ छ । 
मेलम्चीमा गएको बाढीबाट भएको हानी नोक्शानीबारे पहिलो पटक वृहत अध्ययन सार्वजनिक भएको हो । यसमा आर्थिक तथा गैरआर्थिक पक्षलाई पनि समेटिएको छ  । अध्ययन प्रतिवेदनले क्षति कम गर्नका लागि अन्तर्राष्ट्रिय वित्तको आवश्यकतालाई पनि औंल्याएको छ । 


 

प्रतिक्रिया