सङ्कल्प यात्राका जनताका सुझाव प्रतिपक्ष एमालेले सरकारलाई बुझायो

माग नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन् । आज बिहान नेकपा एमालेका पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको जानकारी गराएका हुन । ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले प्रतिपक्षको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्दै विश्वास प्रकट गरेका छन । एमालेले ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको जनाएको छ ।
४६ वटा क्षेत्रसँग सम्बन्धित माग तथा सुझावहरु सरकारलाई दिइएको पार्टीका नेताहरुले बताएका छन । ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्ग नै परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी सरकारलाई ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्र बुझाउन बालुवाटारमा अध्यक्ष ओलीसहित पदाधिकारी र अन्य नेताहरू पुगेका थिए ।

 

प्रतिक्रिया