सप्तरीमा जनमत कार्यकर्ता र प्रहरीविच झडप

मधेश कृषि विश्वविद्यालयको शिलान्यास गर्ने क्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रोक्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनमतका कार्यकर्ताले कार्यक्रममा अवरोध गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । विरोध ब्यानर देखाउन प्रदेश सांसद सतिश सिंहको नेतृत्वमा जनमत कार्यकर्ता र प्रहरीबीच झडपमा केही घाईते भएका छन । 
झडपमा मधेस प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादव र प्रदेश सांसद सतिश सिंह सामान्य घाइते भएका छन । केही सुरक्षाकर्मी पनि झडपमा घाईते भएका छन । झडपपछि जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोज यादव सहितका जसपाका नेताहरुले कार्यकर्ता र सुरक्षाकर्मीको सुरक्षाघेरामा विश्वविद्यालयको शिलान्यास गरेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीको विरोधका बावजुद जसपाका अध्यक्ष उपेन्द्र यादव मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका हुन । सुरक्षाकर्मीले जनमतका कार्यकर्ताहरुलाई स्थल भन्दा २०० मिटर वरै रोकेका छन् । 

प्रतिक्रिया