हिउँदे बर्षा कम हुँदा किसान मारमा

यो बर्ष हिउँदे बर्षा कम हुँदा किसान मारमा परेका छन । जल तथा मौसम विज्ञान विभागका अनुसार यो बर्ष जम्माजम्मी २.७ मिलिमिटर मात्रै वर्षा भएको छ । पूरै हिउँदभरि ४.५ प्रतिशत मात्रै वर्षा भएको हो । हालसम्म २० देखि २५ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि यो वर्ष ३ मिलिमिटरभन्दा कम वर्षा भएको हो । गतवर्ष पनि हिउँदमा सरदरभन्दा कम वर्षा भएको थियो । गतवर्ष सरदरभन्दा ७९ प्रतिशत कम पानी परेको थियो । नेपालमा पश्चिमी वायुको प्रभावले पानी पार्छ । तर यो पटक पश्चिमी बायु त्यति सक्रिय देखिएको छैन । हालसम्मको अवस्था अवलोकलन गर्दा यो हिउँदमा औसतभन्दा ९५ प्रतिशत कम वर्षा भएको हो । अझै केही दिन मात्र होइन सातासम्म नै पानी पर्ने छाँटकाँट नदेखेकाले हिउँद सुक्खा हुने मौसमविदको अनुमान छ । तराईमा झनै वर्षाको संभावना कम देखिएको छ ।।

प्रतिक्रिया