राममन्दिर उद्घाटनको खुसीयालीमा नेपालका विभिन्न स्थानमा शोभायात्रा

भारतको अयोध्यामा राममन्दिर उद्घाटनको खुसीयालीमा नेपालमा पनि विभिन्न स्थानमा शोभायात्रा निकालिएको छ । हिन्दुधर्मालम्बीहरुले देशभर स्वतस्फूत रुपमा शोभायात्रा निकालेका हुन । वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा सहित ¥याली गरिएको छ । 
सुनसरीको धरानमा पनि आज शोभायात्रा निकालिएको छ । हिन्दु धर्मालम्बीहरुहरुले धरान नगरपरिक्रमा सहित शोभायात्रा गरेका हुन । 
कपिलवस्तुको कृष्णनगर, तौलिहवा, पकडी लगायतका स्थानहरुमा धुमधामका साथ धार्मिक र्याली तथा धार्मिक पुजाको आयोजना गरिएको छ । भगवान रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको खुसीयात्रीमा शोभायात्रा निकालिएको हो । 
कपिलबस्तुका तामे्रेश्वर महादेव मंदीर, राम जानकी मन्दिर, समयमाई मन्दिर, चन्द्र घण्टा दुर्गा मन्दिर लगायतका सवै मन्दिरहरुमा सोमवार प्राण प्रतिष्ठाको अवसरमा धार्मिक पुजा तथा अनुष्ठानको आयोजना गरिएको छ । जिल्लाका ८ वटा स्थानीय तहले स्थानीय तहमा सार्वजनिक विदा दिएर सर्वसाधारणलाई भगवान रामको प्राण प्रतिष्ठाको खुशीयाली मनाउन आह्वान गरेका छन् । मासु तथा मदिराजन्य वस्तुहरुको सेवन तथा विक्री वितरणमा समेत रोक लगाईएको छ । 

प्रतिक्रिया