दाङको लमहीमा बस दुर्घटना, दुई यात्रुका मृत्यु

बर्दियाबाट काठमाडौं आउदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरी रहेका छन । सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिएए घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक मात्रै घाइत छन् ।  बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ । दाङको लमही नगरपालिका–९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको हो । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ । बसमा ४७ यात्रु सवार रहेको बताइएको छ । केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

प्रतिक्रिया