शीतलहरले तराई मधेशका बासिन्दाको जनजीवन कष्टकर
शीतलहरले समग्र तराई मधेशका बासिन्दाको जनजीवन डेढ सातादेखि कष्टकर बनाएको छरु। कतै कतै भने तीन सातादेखि शीतलहरले कहर सिर्जना गरेको छरु। बाक्लो हुस्सु र स्याँठले विशेष गरी ज्येष्ठ नागरिक, सुत्केरी र बालबालिका बढी प्रभावित छन । चिसोका कारण सार्वजनिक स्थलमा दाउरा बालेर सामूहिक रूपमा आगो ताप्ने दैनिकी बनेको छरु। शिक्षण संस्था केही दिनका लागि बिदा दिइएको छरु। कतिपय स्थानीय तहले टोल टोलमा दाउरा वितरण गरेका छन् भने आर्थिक रूपमा विपन्न बासिन्दा मारमा छन । दिनभर काम गरेर साँझ बिहानको छाक टार्ने विपन्न परिवार ओढ्ने ओछ्याउने र लाउने लुगा नहुँदा बाँच्नका लागि निकै सङ्घर्षमा छन । मधेश सरकारले पुस २३ गते शीतलहरबाट प्रभावित २० हजार विपन्न परिवारलाई कम्बल वितरण गर्ने घोषणा गरे पनि अझैसम्म कम्बल वितरण भइसकेको छैनरु। आजदेखि पहिलो चरणमा सप्तरी, सिराहा, धनुषा र सर्लाहीमा कम्बल वितरण थालिने र प्रत्येक जिल्लामा दुई हजारका दरले कम्बल दिने तयारी छ । जाडोले सडक, बजार र सार्वजनिक स्थलमा आवागमन घटेको छरु। चिसो बढेको र घाम नदेखिनाले तापक्रम निकै घटेको छरु। सरकारी कार्यालयमा सेवाग्राही पातलिएका छनरु। लम्बिँदै गएको शीतलहरका कारण कोल्ड डाइरिया, भाइरल ज्वरो, क्रोनिक कफ, रुघाखोकी, श्वासप्रश्वास, हाडजोर्नी जस्ता बिरामी बढ्न थालेका छन । झापा, मोरङ र सुनसरीमा शीतलहर र बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि जाडो बढेको छरु। चिसो बढेसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होमलगायत स्थानीय अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढेको छरु। जाडोका कारण पठनपाठन प्रभावित हुन थालेपछि विद्यालयमा जाडो बिदा दिइएको छ ।
प्रतिक्रिया